प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

म्यानमारमा रक्तपात स् सेनाको गोलीबाट आजै ९१ जना मारिए

  •  January 30, 2022
  • 4 years ago

सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । सीएनएनले यसलाई सत्ता विप्लवपछिको सबैभन्दा रक्तपातपूर्ण घटना भनेको छ । यो घातक हिंसा म्यानमारको सैनिक दिवसकै दिनमा भएको छ । जुन्ता म्यानमार सेना प्रमुख जनरल मिङ आन हाइङले राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् ।

राज्य नियन्त्रित टेलिभिजनले शुक्रबार प्रदर्शनकारीको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । तर, यो चेतावनीको बाबजुद नागरिकहरु याङ्गुन, माण्डले र अन्य प्रमुख सहरमा सेनाले माघ १९ मा गरेको कू विरुद्ध सडकमा उत्रिएका हुन् । म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् ।

थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । सैनिक प्रवक्ताले चाहिँ यो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् । सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित ४ सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ ।

सम्बन्धित अन्य

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको […]

गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रवार बिहान चुनावी अभियान […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा […]

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या […]

    किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि […]

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । […]

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । […]