गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
- July 08, 2022
- 4 years ago
गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
शुक्रवार बिहान चुनावी अभियान अन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका ्् ६७ वर्षका आबेलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु हो
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला पछाडीबाट गोली प्रहार भएको थियो ।