प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

घ्याङ्ग गुठीको अनुमतिबिना क्षेत्र विकासले बुद्धचित्तको दाना टिपे पछि बौद्धमा विवाद

  •  June 28, 2025
  • 3 months ago

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको अनुमतिबिना बौद्ध स्तुपामा बुद्धि चित्तको दाना टिपेको भन्दै विवाद भएको हो ।

मंगलबार बौद्ध स्तुपा परिसरमा रहेको बुद्ध चित्तको दाना बौद्ध स्तुपाका लामाहरु खाना खाना गएको समयमा १०/१२ जना व्यक्ति बौद्ध स्तुपा परिसरमा पसी गेट लगाई बुद्ध चित्तको दाना टिपेका थिए । बौद्ध स्तुपामा लामाहरु कोही नभएको मौका छापी बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको योजनामा बुद्धचित्तको दाना चोरी गरेको घ्याङ्ग गुठीले आरोप लगाएको छ ।

खरिद गर्ने मानिस समेत ल्याई अध्यक्ष लामाले खटाएका मानिसहरुले बुद्ध चित्तको दाना टिप्दै गर्दा बौद्ध स्तुपाका लामाहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । लामाहरुले घ्याङ्ग गुठीको अनुमति विना बुद्धचित्तको दाना टिपेको देखेपछि उक्त बुद्ध चित्तको दाना समेत नियन्त्रण लिएका थिए । बुद्ध चित्त टिप्ने समुह र घ्याङ्ग गुठीका लामाहरुवीच विवाद भएपछि उत्त बुद्ध चित्तको दाना वडा कार्यालयको जिम्मामा राखिएको छ ।

पछिल्लो समय बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले निर्देशनमा गैरकानूनी काम भएको भन्दै घ्याङ्ग गुठीका लामाहरुले प्रहरी बृत्त बौद्धमा उजुरी दिएको उनीहरुले बताए । क्षेत्र विकासका अध्यक्ष लामाले बौद्ध स्तुपा परिसरको गेट काट्ने र बौद्ध स्तुपाको गुम्बा तोडफोर्ड गर्न लगाउँने र विगतमा पनि बुद्धचित्तको दाना बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको अनुमति मानिसहरु लगाए टिपेर लगेको लामाहरुको भनाई छ ।

पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपा विश्वभरका बौद्ध मार्गीको आस्थाको केन्द्रको रुपमा रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृति बौद्ध स्तुपाको सम्पूर्ण धार्मिक तथा सास्कृतिक कार्य, सम्बद्धन प्रबद्धन तथा पूजा पर्व लगायतका सम्पूर्ण कार्य बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठी त्यसका प्रमुख चिनिया लामाले गर्ने भनि गुठी संस्थान ऐन २०३३ मा व्यवस्था गरिएकाे छ ।

e424741a-8404-4c94-87e4-2c941bd835b1-1750852574.jpg
त्यस्तै बौद्ध स्तुपाको भौतिक विकासमा सहज होस भनेर गठन आदेश द्धारा बौद्धनाथ क्षेत्र विकास समिति गठन भएको छ । तर क्षेत्र विकासका अध्यक्ष राजकुमार लामाले पटक पटक आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर यस्ता गैर कानून काम गर्ने र जाताभावि विदेशी नागरिकसंग पैसा उठाएको भन्दै विवाद हुँदै आएको  छ ।

यसअघि पनि क्षेत्र विकास समितिले आफ्नो अधिकार क्षेत्र विपरितको काम गरेको भन्दै उच्च अदालत पाटनमा परमादेश सहितको रिट निवेदन परेको बौद्ध स्तुपा भित्रको सम्पूर्ण अधिकार घ्याङ्ग गुठी र त्यसका प्रमुख चिनिया लामाको भएको भन्दै उच्च अदालतबाट रिट जारी भएको थियो । यद्यपी सरकारी निकायबाटै फैसला कार्यान्वयमा वेवास्ता भएको घ्याङ्ग गुठीको गुनासो छ ।

विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्र बौद्ध स्तुपाभित्र अध्यक्ष राजकुमार लामाले गरेको गैरकानूनी गतिविधिले सम्पूर्ण बौद्ध मार्गीको आस्थामा चोट पुगेको बौद्ध स्तुपाका लामाहरुले बताएका छन् ।

सम्बन्धित अन्य

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]

सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयानका लागि बोलाउने […]

  रामेछाप काठमाडौं न्यायीक समाजको संयोजकमा बरिष्ठ अधिबक्ता बिनोद कार्की चयन भएका छन् । शुत्रबार […]

  काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका कालिबहादुर खाम मनाङले […]

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता   काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा […]