सर्वोच्च अदालत आगजनी र तोडफोड गर्नेहरु पक्राउ पर्न थाले, दुई जना पूर्पक्षकालागी थुनामा
- November 28, 2025
- 6 months ago
१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ । सर्वोच्च जलाउँन खु ङ खार अपराधी देखि विद्यिर्थी नेता समेत सम्लन रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
विभिन्न कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।
अहिलेसम्म सर्वोच्च जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सर्वोच्च अदालत आगजनी र तोडफोडको अनुसन्धान अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेका छन् । दुई कार्यालयको संयुक्त टोली बनाएर अहिले काम भइरहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्य बताउँछन् । सार्वजनिक भएको फोटो, भिडियो तथा सीसीक्यामेराको फुटेजको सहयोगमा काम भइरहेको छ अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म यो प्रकरणमा पाँच जना पक्राउ परेका छन् । जसमध्ये दुई जना यसअघि नै हातहतियार तथा आपराधि उपद्रवको कसुरमा पक्राउ परेका व्यक्तिहरू हुन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार समेत पठाइसकेको छ ।
पूर्पक्षका लागि धुनामा गएकाहरुमा काभ्रेको मन्डनदेउपुर घर भएका २३ वर्षीय एलेक्स नेपाली भनिने कुमार पराजुली र ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियार छन् । उनीहरू जेनजी घटनामै यसअघि पक्राउ परेर आपराधिक उपद्रवको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति हुन् ।
सर्वोच्च जलाउन समेत उनीहरूको भूमिका देखिएपछि अहिले सर्वोच्च आगजनी तथा तोडफोड गरेको आरोपमा पनि अनुसन्धान अघि बढाइएको छ ।
एलेक्सलाई १२ कात्तिकमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनीबाट जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको थियो । लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।
त्यस्तै अहिले सर्वोच्च जलाएको आरोपमा अनुसन्धान अघि बढाइएको सम्राट त ज्यान मार्ने उद्योगसहित आठ मुद्दा चलेका व्यक्ति हुन् । उनले सर्वोच्चमै रहेको प्रहरीको एसएलआर बन्दुक लुटेर सिंहदरबार अघि कक गरेको भिडियो, फोटो समेत भाइरल बनेको थियो ।
त्यस्तै सर्वोच्च जलाएको आरोपमा अहिले झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीया ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ परिसर भद्रकालीको हिरासतमा छन् । उनीहरूविरुद्ध आपराधिक अपराधको कसुरमा अनुसधान अघि बढाइएको छ ।
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल समेत पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।