प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या

  •  March 29, 2022
  • 4 years ago

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या

काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या गरिएको छ । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।

 

मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले हत्याको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

मिचोआकन र त्यसको छिमेकी गुआनाजुआतो मेक्सिकोको सबैभन्दा बढी हिंसा हुने क्षेत्रको रुपमा चिनिन्छन् । लागू औषध कारोबार र अन्य अवैध गतिविधिका कारण विभिन्न समूहबीच झडप हुने गर्दछ । गत महिनामात्रै मिचोआकनमा भएको एक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।

 

मिचोआकान विश्वमा सबैभन्दा बढी एभोकाडो उत्पादन हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । गत महिना त्यहाँ कार्यरत एक जना अमेरिकी निरीक्षकमाथि सुरक्षा खतरा आएको भन्दै अमेरिकाले एभोकाडो निर्यातमा रोक लगाएको थियो ।

सम्बन्धित अन्य

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको […]

गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रवार बिहान चुनावी अभियान […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा […]

    किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि […]

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । […]

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । […]

सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी […]