प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस, दुई करोडले लगाए खोप

  •  January 30, 2022
  • 4 years ago

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो । तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ । यससँगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म कोभिडविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई   करोड नाघेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन्  ‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो ।

एनएचएस कर्मचारी स्वयंसेवक, सशस्त्र बल र अन्य थुप्रैले गरेको अथक प्रयासको प्रमाण हो ।‘  उनले भनेका छन् म सबैलाई आग्रह गर्न चाहन्छु कि, खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्  । प्रत्येक खोपले कोभिड विरुद्धको लडाईमा ठूलो मद्दत गर्दछ ।‘ जोन्सनले ट्वीटमा लेखेका छन्।

सम्बन्धित अन्य

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको […]

गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रवार बिहान चुनावी अभियान […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा […]

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या […]

    किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि […]

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । […]

सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी […]