प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश

  •  July 27, 2022
  • 4 years ago

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो । यदि प्रदेश प्रमुखले यस्तो गर्न नमानेमा राष्ट्रपतिबाट मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतले भनेको छ ।

यसै महिनाको १७ तारिखमा पाकिस्तानको पन्जाबमा भएको उपचुनावमा इमरान खान नेतृत्वको पार्टी तहरिकले शानदार जित हासिल गरेको थियो । पीटीआईले २० मध्ये १५ सिट जितेको थियो । चुनावको यो नतिजा अनुसार पन्जाबको मुख्यमन्त्री एवम् पीएमएल एनका नेता हमजा शहबाज मुख्यमन्त्री पदबाट हट्ने निश्चित थियो । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका छोरा हुन् ।

त्यसअघि यी सबै २० सिटमा पीटीआईका प्रदेश सांसदहरु थिए । तर यसै वर्षको अप्रिलमा इमरान खान प्रधानमन्त्री पदबाट हटेपछि पन्जाबमा रहेको उनी नेतृत्वको पार्टीको सरकार पनि हटेको थियो । अप्रिलको अन्तिममा पन्जाबका तत्कालीन नेता तथा पीटीआईका नेता सरदार उस्मान बुजदारविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको थियो । तर पीटीआईका २० प्रदेश सभा सदस्यहरुले आफ्नो नेतालाई नै भोट दिएका थिएनन् । त्यसैले पन्जाबमा पूर्वप्रधानमन्त्री नवाज शरीफका छोरा हमजा शहबाज मुख्यमन्त्री बनेका थिए ।

 

 

सम्बन्धित अन्य

गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रवार बिहान चुनावी अभियान […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा […]

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या […]

    किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि […]

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । […]

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । […]

सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी […]