नेपालमा विवाह सम्बन्धी कस्तो कानुनी व्यवस्था छ ? कस्तो विवाह गरे अपराध मानिन्छ ?
- January 30, 2022
- 4 years ago
रामहरि लोहनी
प्राचिन अवधारणा अनुसार विवाह एक धाार्मिक संस्कार हो । हिन्दूु विवाहमा सस्कारलाई महत्व दिइन्छ । कन्यालाई लानु वा आप्नो स्त्री बनाउनुलाई विवाह मानिन्छ । विबाह सस्कार सम्पन्न गरिएमा विवाह भएको मान्निछ । आधुनिक अवधारणामा विबाह एक सम्भौता मान्निछ । सामान्य अर्थमा विबाह भनेको कानुनले तोकेको उमेर पुगेको महिला र पुरुष बीचमा पति पत्नीको सम्बन्ध स्थापित गरिएको अवस्था हो । कुनै महिला वा पुरुषले कुनै उत्सव, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मान्निछ । माहिला र पुरुष विच विचमा दाम्पत्य जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी अनुमति तथा स्वत्रन्त्र सहमतिमा आधारित एक पवित्र तथा कानुनी बन्धन नै विवाह हो ।
विबाह सम्वन्धि शास्त्रीय अवधारण मनुस्मृतिमा उल्लेख गरेको छ । हिन्दु पराम्परा अनुसार आठ प्रकारका शास्त्रीय विबाह हुने मान्निछ । ब्राह्म विबाह, दैव बिबाह, प्रजापत्य बिबाह, आर्ष बिबाह, अन्र्धव बिबाह, आसुर बिबाह, राक्षस बिबाह, पैशाच बिबाह पर्दछ । आधुनिक समयमा परम्परागत विवाह, दर्ता बिबाह, प्रेम विबाह आदि गर्ने प्रचलन समाजमा स्थापित भएको पाउछौँ ।
महिला र पुरुष विच यौन सम्वन्ध स्थापित भई श्रीमान श्रीमति भई वस्नु विबाह मानिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रहेर परिवार कायम गर्नै तथा पारिवारिक जीवनयापन गर्ने स्वत्रन्त्रता हुन्छ । यो व्यत्तिःको ब्यक्तिगत तथा मानव अधिकारको विषय वस्तु मान्निछ । विबाह जुन सुकै किसिमले भएको भए तापनि सार्वजनिक गर्नु पर्छ ।
विबाह गर्ने अधिकार कानुनले प्रत्याभुत गरेको छ । विबाह गर्ने अधिकार हरेक नागरिकलाई भएतापनि त्यस अधिकारलाई प्रयोग गर्दा कानुनी दायारमा बसी प्रयोग गर्नु पर्छ । कानुनको सिमा नाघेर बिबाह गरेमा अपराध ठहर्छ र फौजदारी कसुर बहन गर्नु पर्ने हुन्छ । जसलाई कानुनी भाषामा बिबाह सम्वन्धी अपराध भन्निछ ।
कस्तो विवाहलाई नेपालमा अपराध मानिन्छ ?
कानुन विपरित गरिने विवाहलाई अपराध मानिन्छ । विवाह गर्दा कानुनले प्रतिवन्ध काम गरेमा त्यस्तो कार्यलाई विवाह सम्वन्धी कसुरमा पर्दछ । नेपालको सन्र्दभमा चर्चा गर्दा बैबाहिक लेनदेन, हाडनाताको बिबाह, बहु विबाह, बाल विवाह अन्य दण्डनीय बिबाह हुन र कानुनले यस्तो विवाहलाई अपराध मानेको छ । यस्तो विवाह गर्ने व्यक्तिलाई बिबाह सम्वन्धी कसुर गरेर ठहर गरी कानुन बमोजिम कारवाही गरिन्छ । नेपालमा निम्न विवाहलाई कानुनले अपराध मानेको छ :
१ बहुविवाह :
नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन १९१० ले बहुविावहलाई सम्वोधन गरेन । १९१० लाई विस्थापित मुलुकी ऐन २०२०ले पहिलो पटक बहुविवाहलाई अपराधिक कार्यको रुपमा उल्लेख गरयो । अपराधिक कार्य भनिएता पनि केहि अवस्थामा बहुविवाह छुट दिइयो । २०५८ सालमा मुलुकी ऐनको एघारौ संसाधेनले सजायमा वृद्धि गरियो र बाहौ संसोधनमा आइृ पुग्दा बहुविवाहको आधार र सजायमा अलि कठोर बन्न पुगेको देख्छौ । हाल कायम रहेको मुलुकी अधराध संहिता २०७४ ले बह ुविवाहलाई ग्रैहकानुनी विवाह र स्वत बदर हुने विवाह मानेको छ । मुलुकी अधराध संहिता २०७४ को दफा १७७ मा विवाहित पुरुषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विबाह गर्न हुदैन अर्काे विवाह गरेमा बहु विवाहको कसुर हुन जान्छ । तर पुरुषले वहुविबाहमा सजाय भोग्नका निमित्त निजको अघिलो बैवाहिक सम्वन्ध कायम रहेको अवस्था हुनु पर्छ । महिलालाई सजाय गर्दा निज विवाहिता पुरुषको दोश्रो पत्नी हुन गएकोमा फौजदारि दायित्व वहन गर्नु पर्ने हुन्छ । महिला कसुरदार हुनका निमित्त निजले विवाह गर्दा पुरुष विवाहिता हो, वैवाहिक सम्वन्ध कायम छ भनि थाहा पाउदा पाउदै विवाह गरेमा महिलाले फौजदारी दायित्व बहन गर्नु पर्छ ।
निम्न अवस्थामा भने बहु विवाहमा सयज हुँदैन :
मुलुकी ऐन, बिहावरीको महलको ९ नं। बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० नं। बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्था नभई अर्को विवाह गर्न पाउने नदेखिने व्यवस्था गरेको थियो । पति पत्नि विच कानुन वमोजिम अशं वण्ड भई भिन्न भएको अवस्थामा पुरुष वा महिलाले पुन अर्का विबाह गर्न पाउने व्यवस्था मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (३) तथा मुलुकी देवानी सहिताको दफा ८३(ग)मा उल्लेख छ । यस्तो अवस्थमा भने पति वा पत्नीले बहुविवाह गर्दा सजय भोग्नु पर्दैन ।
बहुविवाह गर्दा कस्तो सजाय हुन्छ ?
हालको कानुनी व्यवस्थाले बहुविवाह गर्न निषेध गरेको छ । बहुविवाह गरेमाु विबाह स्वत बदर हुन्छ । र, मुलुकी अधराध संहिता सजायको व्यवस्था गरेको छ । बहु बिबाहको कसुर गर्ने गराउनेलाई एक वर्ष देखि पाच वर्ष सम्म कैद र दश हजार देखि पचास हजार सम्म जरिवाना हुन्छ ।
२ वाल विवाह :
बालबालिकाको सम्वद्धन र विकास गरी उनीहरुको हक अधिकार र सुन्दर भविष्य सुनिश्चत गर्नका निमित्त कानुनमा बिबाह सम्वन्धमा उमेर तोकिएको छ । हाम्रो कानुनले बाल विवाहलाई कानुनी र सामाजिक अपराध भनेको छ । साविकको मुलुकी ऐनमा विबाह गर्ने उमेर १८ वर्ष थियो हाल नेपाल कानुनले २० वर्ष नपुगी विबाह गर्न रोक लगाएको छ । मुलुकी देवानी सहिता २०७४को दफा ७० (घ)मा महिला र पुरुष विचमा विवाह हुनका निमित्त २० वर्षको उमेर पुरा भएको हुनु पर्ने व्यस्था गरेको छ । त्यस्तै मुलुकी अधराध संहिता २०७४ को दफा १७३ ले २० वर्षको उमेर नपुग्दासम्म विवाह गर्नका लागि अयोग्य मानिन्छ । यस्तो बिबाह गर्नेलाई सजायको व्यवस्था गरेको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष सम्म कैद र ३० हजार रुपैयासम्म जरिवाना हुने व्यवस्था अपराध सहितामा गरेको छ । पिडीत वालवालिकालाई अदालतले क्षतिपूर्ति समेत भराई दिन सक्छ ।
३ अन्य दण्डनीय बिबाह
क) मन्जुरी विना विबाह गर्नु गराउनु हुदैन :
विबाह एक स्वत्रन्त्र सहमती हो । मन्जुरी विना विबाह गर्नु गराउनु हुदैन । मन्जुरी वा सहमति बेगर विवाह गरेमा स्वत बदर हुन्छ । विवाह गर्ने उमेर कानुनले तोकको पुरा हुनु पर्छ विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । मुलुकी अपराध संहिता २०७४ को दफा १७१ कसूर गर्ने व्यक्तिलार्ई २ वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
ख) हाडनातामा विवाह गर्न हुँदैन :
हाडनातामा गरेको विबाह स्वत रद्द हुने प्रकृतिको विबाह मानिछ । उमेर पुगेतापनि केही हाडनाताको सम्वन्धमा विबाह गर्ने रोक लगाएको छ । परम्परा सस्कृति चालचलन अनुसार हाडनाताको परिभाषा गरेको पाइन्छ । हिन्दु विबाह सम्वन्धि एने १९५५ अनुसार पुरुष तर्फ ५ पुस्ता र महिला वा आमा तर्फ ३ पूस्ता भित्र हाडनाताको सम्वन्ध पर्दछ । यस्तो पुस्तामा गरेको विबाह दण्डनिय हुन्छ । तर आफनो कुल धर्म परम्परामा आधारित भएर मान्यता पाएको छ भनि बाधा अबरोध हुदैन । जस्तै नेपालमा मगर समुदायमा फूपू चेलि मामा चेलो विबाह गर्ने चलन पाइन्छ । सजाय तर्फ हेर्दा विवाह जानीजानी भएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदर हुनेछ । हाडनातामा बिबाह थाहा नपाई गरेको रहेछ भनि त्सतो विबाह बदर हुन्छ सजाय हुन्न ।
ग) विबाह लेनदेन गर्नु हुदैन :
बिबाहको विषयमा वस्तु तथा पैसा लेनदेन गर्नु कानुनी तथा समाजिक रुपमा गलत कार्य मानिन्छ । अफनो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
तर कसैले विवाह गरी सकेपछि चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन । कसूरदारलाई ५ वर्षसम्म कैद वा पचास हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । त्यसरी कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्ने हुन्छ ।
माथि उल्लेखित विवाह सम्बन्धी कुनै पनि कसुर भएमा थाहा पाएको मितिले ३ महिना भित्र उजुरी दिनु पर्ने छ । ३ महिना नाघेपछि उजुरी लाग्ने छैन भन्ने कानुनी व्यवस्था रहेको छ ।