सर्वोच्च अदालतको आदेशविरुद्ध अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी
- June 18, 2024
- 1 year ago
काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।
झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने सर्वोच्चको आदेश पुनरावलोकनको माग गर्दै डा.के.सी.ले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश भएको थियो ।
डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनशन) सुरु गर्ने चेतावनी दिएका हुन् ।
उनले उक्त फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई समेत अनुरोध गरेका छन् ।
झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए । तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।