प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

हाडनाता करणी भनेको के हो ? कस्तो छ नेपालको कानूनी व्यवस्था ?

  •  January 30, 2022
  • 4 years ago

रामहरि लोहनी 

कानूनी ले तोकेको रगतको नाता भित्रका व्यक्तिहरुसँग करणी वा यौन सम्बन्ध राख्नुलाई हाडनाता करणी मानिन्छ । कसैले आफनो जात वा कुलमा चलि आएको चलन, परम्परा वा मान्यता अनुसार बिवाह गर्न नहुने नाताको व्यक्ति हो मन्ने जानी जानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु हाडनाता करणी हुन्छ । यो निश्चित बशानुक्रम भित्र यौन सम्वन्ध कायम गर्नु हो  । यो बंशानुगत नाता भित्रमा हुने प्रतिबन्ध समेतलाई बुझाउछ ।  कानूनी ले बिबाह गर्न नहुने नाता सम्बन्धलाई हाडनाता मानेको छ र त्यो भित्र हुने यौनिक कृयाकलापबाट सम्बन्ध जोड्नु हाडनाता सम्बन्ध मानिन्छ । यो धार्मिक, सामजिक तथा सस्कृतिक रुपमा हुने पराम्परागत अपराधको रुवरुप हो ।
कानूनी व्यवस्था :
मुलुकी ऐन २०२० विवाहवारीको १ न. मा हाडनाता करणीको महलले सजाय हुने नातामा बाहेक यस महलका नम्बर नम्बरमा लेखिएका कुराका अधीनमा रही आफनो इच्छानुसार राजीखुशीले बिहावरी गर्न हुन्छ । बिहावरी भएकोमा हाडनातामा पर्न गएको रहेछ भने ती लोग्ने स्वास्नीलाई छुट्याई दिनु पर्छ । जानी जानी त्यस्तो विहावरी गरेकोमा हाडनाता करणीको महलमा लेखिए बमोजिम सजाय समेत हुन्छ  भन्ने व्यवस्था थियो ।  मुलुकी फौजदारी संहिता २०७४ को दफा २२० को उपदफा १ मा कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार बिबाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानी जानी त्यस्तो व्यक्तिसंग करणी गर्नु हुदैन भनि परिभाषा गरेको छ । उक्त व्यवस्था हेर्दा आफ्नो जात र कूलमा चली आएको चलनलाई मान्यता दिएको छ । कसैले परम्परा अनुसार चलि आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउने हुदैन । प्रचलित परम्पराको मर्यादा राखी सनातन देखि चली आएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रताको हक हुनेछ भनी धर्म सम्बन्धी हक नेपालको संविधानले व्यक्तिलाई मौलिक हकको रुपमा दिएको समेत पाइन्छ । हाडनातामा करणी व्यवस्थाको अभिप्राय समाजमा व्यभिचार रोक्नु हो । कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा   विवाह गर्न योग्य हुन्छ । यदि हाडनातामा भएको विावाह थाहा नपाई भएको रहेछ भनि बदर हुनेछ ।

हाडनाता करणीमा सजायः
मुलुकी फौजदारी संहिता २०७४ को दफा २२० को २(क) जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद को सजाय हुनेछ भन्नि व्यव्स्था गरेको छ ।  दफा २२० को २(ख) मा सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा सजाय चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना व्यवस्था गरेको छ ।
दफा २२० को २(ग) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइको करणी सम्वन्धि कसुर भएमा सजाय तीन वर्षदेखि छ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
माथि उल्लेख भएको नाता देखि बाहेक आफनो बशंका सात पुस्ता सम्मका अन्य नातामा करणी भएमा हागो नाता वा पुस्ता समेत बिचार गरि १ वर्ष देखि ३ वर्ष सम्म कैद र १० हजार रुपैया देखि ३० हजार रुपैयासम्म जरिवाना हुन्छ । हाडनातामा बिवाह गराउनेलाई ३ महिनासम्म कैद र ३ हजार सम्म जरिबाना वा दुवै सजाय हुन्छ ।
कसुरको गम्भिरता घटाउने तथा वढाउन सक्नेः यस किसिमको अपराधमा दफा ३८ र ३९ अनुसार अपराधको गम्भिरियता हेरेर सजायको मात्रा घटवढी हुन सक्छ । जस्तै कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको अवस्थामा सजायमा घट्न सक्छ ।

हाडनाता करणीमा  थप सजाय हुन सक्ने :
यस कसुर गर्ने कसुरदारलाई थप सजायको रुपमा निश्चित अबधिको कैद तथा निश्चित रकमको जारिवाना हुने भएमा सोहि वमोजिम थप सजाय निर्धारण गर्नु पर्ने हुन्छ । अपराध सहिताको देहायको दफा आर्कसित हुन्छ । दफा ४३ बमोजिम एउटै वारदातमा एक भन्दा बढी कसुर गरेको वा भिन्न भिन्न वारदातमा भिन्न भिन्न कसुर गरेको अवस्थामा डेढी सजाय हुन्छ । दफा ४४ अन्तर्गत कुनै कसूरमा सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान गरेको वा माफी भएको पाँच वर्षको अवधि पूरा नहुँदै अर्को जघन्य वा गम्भीर कसूर गरेमा निजलाइ पटके कसूरदार मानिनेछ । पटके कसूरदारलाई निजले पछिल्लो पटक गरेको कसूरमा हुने सजायको दोब्बरसम्म सजाय हुनेछ ।
यस्तो सजाय कसुर गर्ने कसुरदारलाई न्यायिक स्वविवेकको आधारमा निर्धिारण गर्नु पर्ने भएमा कसुरको गम्भीरता, कसुरदारको भुमिका र अपराधको पृष्ठमूमि समेतका आधारमा विचार गरि उपयुक्त थप सजाय अदालतले निर्धारण गर्दछ ।
यस कसुर गर्न प्रयोग गरिएको वा कसुरवाट आर्जन गरिएको सम्पति तथा साधन जफत गरिन्छ । हाडनाताको मुद्धामा पिडितलाई क्षतिपूर्ति भराई दिने व्यवस्था नभएको तथा व्यत्तिः वादी भई दायर हुने मुद्धा हो । क्षर्तिपूर्ति शुल्क निधारण गर्न पदैन ।
हदम्याद सम्वन्धि व्यवस्था हेर्दा यस सम्बन्धी कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ ।

सम्बन्धित अन्य

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले जान्ने पर्ने कुरा   वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली […]

मनिसहरुले स्वतन्त्रा खोज्ने, विलासिता रोज्ने र बाध्यताबाट उम्कन कारण गर्भ पतन गर्न पुग्छन् । गर्भपतन […]

रामहरि लोहनी प्राचिन अवधारणा अनुसार विवाह एक धाार्मिक संस्कार हो । हिन्दूु विवाहमा सस्कारलाई महत्व […]