स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दलहरुलाई गृहमन्त्रीको आग्रह
- March 23, 2022
- 4 years ago
राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा भाग लिन गृह मन्त्री खाणले सबै राजनीतिक दललाई आग्रह गरेका हन् ।
बुधबार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ बिन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्न कपिलवस्तुको चन्द्रौटा पुगेका गृहमन्त्री खाँणले मुलुकको विकासमा लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनु पर्ने बताए ।
स्थानीय निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाडले बताए । मन्त्री खाडले
, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको वृत्तिविकासलागि सरकारले गृहकार्य गरिरहेका पनि उनको भनाई थियो ।