सूर्यदर्शन सहकारी ठगी प्रकरणः उपाध्यक्ष कैलाश दर्लामी पक्राउ
- December 28, 2023
- 3 years ago
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।उनी बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनी सहकारी ठगीको फरार सूचीमा रहेका थिए । दर्लामीलाई पोखरा लगेर मुद्धा चलाईने प्रहरीले जानकारी दिएको छ । उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भए पनि कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए ।
पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार सूचीमा छन् । प्रहरीले ग्यालेक्सी फोर के टिभीका अध्यक्ष तथा सहकारीका पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार गरेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उनीहरुले १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको बचतकर्ताहरुको आरोप छ ।