साइबर र बैंकिङ कसूरका मुद्दा अब सबै जिल्ला अदालतमा चल्ने
- June 22, 2023
- 3 years ago
काठमाडौं । साइबर अपराध र बैंकिङ कसूरका मुद्दा अब सबै जिल्ला अदालतबाट भएको छ । बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट
साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमाबाट हुँदै आएको थियो । उक्त व्यवस्थाले सेवाग्राही नागरिकलाई असहज भएको भन्दै मन्त्री परिषदको बैठकले साइबर अपराध र बैंकिङ कसूरका मुद्धा सबै जिल्ला अदालतमा चल्ने निर्णय गरेको हो । विद्युतीय कारोबार ऐनको दफा ६० मा सूचना प्रविधि न्यायाधिकरण गठन सम्बन्धी व्यवस्था छ ।
सोही दफाको उपदफा ५ मा न्यायाधिकरण गठन नभएसम्मका लागि परिच्छेद ९ मा उल्लेख भएका कसुूहरुको सुरु कारबाही र किनारा गर्ने क्षेत्राधिकार नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको जिल्ला अदालतलाई हुने व्यवस्था गरेको थियो । सोही अनुरुप साइबर अर्थात विद्युतीय कारोवार ऐनसंग सम्बन्धित मुद्दा काठमाडौं जिल्ला अदालत मात्र तोकिएको थियो ।
त्यस्तै बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा १७ को १ बमोजिमका मुद्दा दफा ३ को खण्ड ग बमोजिम सुरु कारबाही र किनाराको अधिकार पनि जिल्ला अदालतलाई दिइएको छ । यो निर्णयसंग आम नागरिकले विद्युतीय कारोवार अर्थात साइबर अपराध र बैंकिङ कसूरसंग सम्बन्धित मुद्धामा जिल्ला अदालतबाटै सेवा पाउने भएका छन् ।