प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

सर्वोच्चमा मुद्धाको चाङ न्यायाधीशहरु भ्रमण र विदामा

  •  June 01, 2022
  • 4 years ago

काठमाडौं । न्याय क्षेत्रमा एउटा भनाई ‘छ ढिलो न्याय दिनु न्याय नदिनु सरह हो’ । सर्वोच्च अदालतमा  करिब २९ हजार ५ सय मुद्दा विचाराधीन अवस्थामा छन् । तर सर्वोच्चका न्यायाधीशहरु भने विचारधीन मुद्धाको किनार लगाउन भन्दा पनि भ्रमण र विदामा केन्द्रत हुँदा नागरिकले एउटै मुद्धाको लागि बर्सौ विताउनु परेका छ । यस्तै देखियो बुधबार । २१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालमा अहिले १८ जना न्यायाधीश छन् ।

बुधबार सर्वोच्च अदालत १० जना न्यायाधीशमा सीमित भयो । ति १० जना न्यायाधीशको इजलासमा २३१ मुद्धा पेसी चढेको थियो । तर अधिकांश इजलासमा हेर्न नभ्याएपछि पेसी चढेका मुद्धा सुनुवाई हुन् सकेन । अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा छन् । न्यायाधीश मिरा खड्का र तेजबहादुर केसी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । अहिले सर्वोच्चमा जम्म १८ जना न्यायाधीश छन् ।

बुधवार ८ जना न्यायधीश उपस्थित भएनन् । आठ जना मध्य कोही न्यायाधीश विदेश भ्रमणमा गएका थिए, कोही उद्घाटन र विदामा थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा आकस्मिक विरामी परेर विदामा रहेको सवोच्च प्रशासनले जानकारी दियो । केही न्यायाधीशहरु कर्णाली प्रदेशमा रहेको उच्च अदालत र मातहतका जिल्ला अदालतको अनुगमनका लागि गएका थिए भने न्यायाधीश अनिलकुमार सिन्हा उच्च अदालत पोखरा र मातहतका जिल्लाको अनुगमनका लागि पोखरा गएका थिए ।

त्यस्तै न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी मालदिभ्समा भइरहेको सम्मेलनमा सहभागी छन् । न्यायाधीश आनन्दमोहन भट्टराई बिदा मनाउन अमेरिकामा छन् । बुधवार सर्वोच्चमा न्यायाधीशहरू डा.कुमार चुडाल, मनोजकुमार शर्मा, प्रकाश कुमार ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, र कुमार रेग्मी समेत गरी १० जना मात्र उपस्थित थिए ।

सामान्यतया बार्षिक रुपमा पाउने विदा कटाउन न्यायाधीशहरु आर्थिक वर्षको अन्य लाग्दै गर्दा विदामा घुम्न जाने गरेको छन् । त्यस्तै अनावश्यक रुपमा जिल्ला अदालतको अनुगमन र भ्रमणमा समेत न्यायाधीशहरु निस्किदा सेवाग्राहीले समयमै सेवा नपाएको गुनासो आउने गरेको छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]