सर्वोच्चको फैसला लगतै सम्पर्क विहीन भएका पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ
- May 27, 2022
- 4 years ago
काठमाडौं । पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । कोइरालालाई काठमाडौको बानेश्वर स्थित एक घरमा लुकी रहेका अवस्थामा अपराध अनुसन्धान महाशाखको टोलीले पक्राउ गरेका हो । कैद सजाय घटाउने सर्वोच्च अदालतले यस अधिको फैसला पुनः सर्वोच्चबाट उल्टी भएपछि उनी फरार भएका थिए । सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट रिहा भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिए पछि कोइराला रिहा भए पछि उक्त फैसला विरुद्ध चौतफी आलोचना भएको थियो । त्यस विरुद्ध महान्यायाधीवक्ताको कार्यालय फैसला पुनरावलोकनमा गएको थियो ।
उक्त निवेदन माथि सुनुवाई गर्दै बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर दिएको थियो । उक्त फैसला उल्टिएसंगै कोइरालालाई शुरु जिल्ला आदालतको जन्मकैद नै कायम भएको थियो । सर्वोच्चको फैसला गलतै बिहीबार दिउँसोबाटै कोइराला सम्पर्कविहीन भएका थिए ।