प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

सर्वोच्चको फैसला : न्यायाधीशविरुद्ध अख्तियारले मुद्दा चलाउन नपाउने

  •  June 29, 2022
  • 4 years ago

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन नपाउने फैसला गरेको छ । न्यायाधीश विनोद गौतमले दायर गरेको रिटमा सर्वोच्चले न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउन फैसला गरेका हो । ललितानिवास जग्गा प्रकरणमा अख्तियारले न्यायाधीश गौतमविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्धामा फैसला गर्दै न्यायाधीश माथि मुद्धा दायर गर्नु स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकुल हुने सर्वोच्चल ठहर गरेका हो ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले १२ फागुन ०७८ मा दिएको आदेशको पूर्णपाठमा बहाल रहेको अवस्थामा न्यायाधीश विरुद्ध अख्तियारले मुद्धा दायर गर्न नमिल्ने व्याख्या गरिएको हो । फैसलमा भनिएको छ निवेदक न्यायाधीश पदमा नियुक्त हुनुपूर्व निजामती कर्मचारीको हैसियतमा कार्यरत रहे पनि जब अनुसन्धान प्रारम्भ गरियो त्यतिखेर न्यायाधीश भइसकेको अवस्था रहेको छ ।

यस्तोमा संविधान र कानुनले नै भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको विषयमा कारबाही गर्ने अधिकार न्यायपरिषद्लाई प्रदान गरेको छ भने निवेदकले संविधान र कानुनले गरेको व्यवस्थाको संरक्षण पाउँदैन भन्नु स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुकूल हुँदैन भनिएको छ । अख्तियार संवैधानिक निकाय भए पनि कार्यपालिकी अधिकार प्रयोग गर्ने भएकाले न्यायपालिकासम्बद्ध व्यक्तिमाथि मुद्दा चलाउन नपाउने ठहर सर्वोच्चको छ । कार्यपालिकाको शक्तिको प्रयोग गर्ने निकायले यस्तो अधिकारको प्रयोग न्यायाधीशको विरुद्ध गर्ने र मुद्दा चलाएपछि स्वतः निलम्बित भयौ भनी पत्र लेख्ने कुरा स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुकूल हुने देखिँदैन फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

आदेशमा न्यायपरिषद्को अधिकार क्षेत्र व्याख्या गर्दै संविधानतः न्यायपरिषद्ले नै कुनै न्यायाधीशउपर परेका उजुरीसम्बद्ध मुद्दामा जाँचबुझदेखि कारबाहीसम्मको सिफारिस वा परामर्श दिन सक्ने उल्लेख छ । तर, न्याय सेवाको अधिकृत रहँदाका बखत गरेको कसुरमा मुद्दा चलाउनुअघि न्याय सेवा आयोगसँग पनि परामर्श वा सहमति नलिनु सही नभएको फैसलामा उल्लेख छ । न्यायाधीश गौतम विरुद्ध मुद्दा दायर गरेरको अख्तियारले स्वतः निलम्बन भएको भनेर न्यायपरिषद्लाई पत्राचार गरेको थियो । फैसलामा न्यायाधीश नियुक्ति गर्ने निकायलाई मात्र कारबाही र निलम्बनको अधिकार रहने उल्लेख छ ।

निलम्बन वा बर्खास्ती गर्न सक्ने र यस्तो अधिकार संविधान र न्यायपरिषद् ऐनले न्यायपरिषद्लाई नै प्रदान गरेको अवस्थामा परिषद्लाई कुनै जानकारी नदिई वा सहमति नलिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निवेदकउपर भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्ने, मुद्दा चलाउने र निलम्बन गर्नेसमेतका कार्यहरू संविधान र कानुनको विपरीत भई अधिकार क्षेत्रविहीन देखिन आयो फैसलामा भनिएको छ । कार्यपालिकी शक्तिको प्रयोग गर्ने निकायले सोझै कारबाही गर्न पाउँछ ।

मुद्दा चलाएपछि न्यायपरिषद्लाई जानकारीसम्म दिए पुग्छ र न्यायाधीश स्वतः निलम्बित हुन्छ भन्नु स्वतन्त्र न्यायपालिकाको अवधारणासमेतको विपरीत देखिन आयो भन्ने फैसलाको पूर्ण पाठमा उल्लेख छ । यो फैसला संगै अब कुनै पनि न्याय सेवाको ब्यक्तिले कर्मचारीको रुपमा भ्रष्टाचार गरेर न्यायाधीश नियुक्त भएमा न्यायाधीश वहाल रहेको समयमा न्यायाधीश विरुद्ध अख्तियारले मुद्धा चलाउन नपाउने भएको छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]