सर्वोच्चको आदेश गाई चुनाव चिन्ह तत्काल कसैलाई नदिनु
- July 25, 2022
- 4 years ago
राष्ट्रिय जनावर गाई चुनाव चिन्हको रुपमा तत्काल कसैलाई पनि नदिन सर्बोच्च अदालतले आदेश दिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्चले अन्तिम टुंगो नलागेसम्म गाई चुनाव चिह्न कसैलाई नदिन भनेको हो ।
निर्वाचन आयोगले राष्ट्रिय जनवार कुनै दललाई दिन नहुने भन्दै निर्णय गरेपछि अध्यक्ष थापाले गाई चुनाव चिन्ह आफ्नो दलले पाउनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चले आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरेको समेत अदालतको ठहर छ ।