सर्वोच्च फकर्ने प्रयास गरेपछि सरकारको प्रतिक्रिया : जबराको पीएसओ र सरकारी गाडी खोसियो
- September 18, 2022
- 4 years ago
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । गृह मन्त्रालयको निर्देशनमा जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो । त्यस्तै स्कर्टिङमा खटिने प्रहरी टोली र औपचारिक समारोहमा प्रयोग हुने (भीभीआईपी) कार पनि फिर्ता गरिएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता लगिएको छ ।
आइतवार निलम्बित प्रधानन्यायाधीश जवराले महाअभियोग निस्क्रिय भएको भन्दै सर्वोच्च जाने प्रयास गरेका थिए । त्यस लगतै नेपाल बारले सर्वोच्चको गेटमा धर्ना दिने तयारी गरेको थियो । त्यस्तै प्रधानन्यायाधीश निवासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो । जस्को कारण उनी अधोषित नजरबन्दमा परेका थिए ।
जबराले सर्वोच्च प्रवेश गर्ने कोशिश गरेपछि सरकारबाट प्रतिक्रिया स्वरुप उनको सुविधा खोसिएको स्रोतले बताएको छ । जवराको सुरक्षामा नेपाली सेनाका १५ र नेपाल प्रहरीका २ जना अधिकृत खटिएका थिए ।