सर्वोच्च अदालतकोआदेश लगतै रिगल भनिने योगराज ढकाललाई पक्राउ
- November 02, 2023
- 3 years ago
काठमाडौँ — सर्वोच्च अदालतको आदेश लगतै रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले व्यक्ति हत्याका दोषी रिगललाई नेपालगन्ज स्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै उनी पक्राउ परेका हुन् ।
सर्वोच्चको आदेश अगी नै उनलाई प्रहरीले निगरानी गरि रहेको थियो । उनलाई पुनः कारागार चलान गरिने प्रहरीले जानकारी दिएको छ । उनलाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो । सर्वोच्चले उनलाई कैद छुट दिने निर्णय उल्टाइदिए संगै अब उनले काँकी कदै भुक्तानी गर्नु पर्ने छ ।
उनलाई बाँके जिल्ला अदालतले बीस वर्ष कैद सजाय गरेकोमा उच्च अदालत तलसीपुरले समेत त्यसलाई सदर गरेको थियो । उक्त फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन गरका उनले २०८० भदौ १० गते मुद्धा फिता लिएको थिए ।