सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने
- April 06, 2023
- 3 years ago
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने घोषणा गरेकोछ । बिहीबार सार्वजनिक भएको गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो घोषण गरेका हुन् । प्रधानमन्त्री दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरेका छन् । सरकारको तर्फबाट तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गरिने उल्लेख गरेकी छिन् ।
हाल निर्वाचन कानूनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था छैन । तर लामो समयदेखि विदेशमा रहेका नेपालीले आफूहरुले मतदान गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।