समाजसेवी लामा द्धारा शैक्षिक समाग्री वितरण
- January 04, 2025
- 9 months ago
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण गरिएको छ ।
वडाका छ वटा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि समाजसेवी पाल्देन लामाले झोला तथा स्टेशनरी वितरण गरेका हुन् ।
काठमाडौंमा समान्य ज्यालामदुरी गर्ने समाजसेवी लामाले गाउँका विद्यार्थीलाई पढ्न सहजहोस भनेर आफूले कमाएको रकमबाट विद्यार्थीहरुका लागि झोला र स्टेशनरी वितरण गरेका हुन् । उक्त स्टेशनरी वितरण कार्यक्रममा कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष कमान मोक्तान लगायत अभिवकको उपस्थिति रहेको थियो ।
विभिन्न विद्यालयमा सहयोग गर्दै आई रहेका लामाले आफूले सानामो आर्थिक अभावले पढ्न नसकेकाले अन्य विद्यार्थीलाई पढाईमा सहजहोस् भनेर शैक्षिक सामग्री वितरण गरेको बताए । उनले आफू र अन्य समाजसेवीको सहयोमा शैक्षिक समाग्री वितरण गरेको जानकारी दिए ।