सबै जिल्लामा पुग्यो मत पत्र, नगर र पालिकामा पठाउने तयारी
- May 07, 2022
- 4 years ago
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ गरेर भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रबाट जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको हो । वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि सुरक्षा प्रबन्ध गरी स्थल र हवाई मार्गबाट मत पत्र पठाएको हो ।
जिल्लाका निर्वाचन कार्यालयले सम्बन्धित पालिकाका लागि प्याकिङ गरेर मतपत्र पठाउने तयारी गरेको छ । आयोगले दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ गरेको छ । निर्वाच्न आयोगले निर्वाचनका लागि अन्य आवश्यक निर्वाचन सामग्री ढुवानी गरि सकेको छ । आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले तालिम समेत दिएको छ ।
जिल्ला स्थित निर्वाचन कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छ। त्यस्ते निर्वाचन सुरक्षाका लागि सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।
निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा गरी आवश्यक तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।