शंखमुलस्थित रेष्टुरेन्टको खसेर समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भाई सरोजको निधन
- March 04, 2023
- 3 years ago
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ । उनी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । छटबाट खसेपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा लिएको उनको अस्पतालमै निधन भएको हो ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई सुरुमा सिविल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । पछिल्ला समय जलविद्युतको क्षेत्रमा समेत उनले लगानी गर्दै आएका थिए ।