व्यापारी हत्या आरोपमा पक्राउ खाम,मनाङ प्रहरीको पनि खोजी सूचीमा
- April 03, 2024
- 2 years ago
काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका कालिबहादुर खाम मनाङले मनानमा पनि फौजदारी कसुर गरेको रेकर्ड देखिएको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलबाट पक्राउ गरेका खामको अपराधिक रेकर्डमा देर्दा मनाङ प्रहरीको समेत खोजी सूचीमा रहको खुलेको छ । २०७१ साल साउनमा मनाङको साविक धारापानी गाविस ५ स्थित सडकमा ग २ च ३०१ नम्बरको बोलेरो जिपलाई प्रहरीले जाँच गरेको थियो । जाँचको क्रममा उक्त गाडीमा एके ४७ सेभेन राइफलल १ थान, त्यसमा लाग्ने ७ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ७ राउण्ड गोली र १ थान खोका बरामद भएको थियो । त्यतिबेला मनाङ प्रहरीले विकल्प भनिने संगम रोकालाई पक्राउ गरेको थियो । तर, उक्त मुद्दामा कालिबहादुर खाम सहित अन्य ८ जना भने फरार रहेको प्रहरीको आपाराधिक रेकर्डमा देखिएको छ ।
मनाङ प्रहरीको रेकर्डमा खाम फरार देखिएकाले उनलाई मनाङ समेत अनुसन्धानको लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । त्यस्दै २०६७ साल साउनमा काठमाडौं महानगरपालिका २६ गोंगबुमा रहेको खामको कोठाबाट काठमाडौं प्रहरीले १० राउण्ड गोली बरामद गरेको थियो। गोली भेटिएको कसुरमा त्यस वेला खामलाई पक्राउ गरिएको थिएन । उक्त मुद्धामा काठमाडौं जिल्ला अदालतले उनी विरुद्ध १० हजार जरिवाना सुनाई फैसला गरिएको देखिएको छ ।
उनै खाम कोटेश्वरबाट व्यापारी रामहरिलाई अपहरण गरेर चितवनको तत्कालीन माओवादी लडाकुको शक्तिखोरस्थित डिभिजन लगेर कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ हुन् । उनलाई काठमाडौंबाट पक्राउ गरी चितवन पठाइएको छ ।