राहधानी दुरुपयोगमा रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालय पुग्य
- March 20, 2023
- 3 years ago
काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उच्चले मुद्धा दायार नगर्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त निर्णयमाथि सचिवस्तरीय राय तयार भएको र सम्भवत सोमबार नै महान्यायाधिवक्ता दिनमणि पोखरेलसमक्ष पेस गर्ने तयारी गरिएको छ ।
केही दिनअघि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमै रहेको रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी जाहेरीमा जिल्ला प्रहरी कार्यालय टेकुको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिल कार्यालयबाट महान्यायाधिवक्ताको कार्यालयमा पुर्याइएको हो । अमेरीकी नागरिकता लिएका रवि लामिछानेले अमेरीकी राहधानी कायम रहेकै अवस्था नेपाली नागरिकता लिएको भन्दै जाहेरी दर्ता भएको थियो ।