महाअभियोग जीवित छ : सरकारका प्रबक्ता
- December 07, 2022
- 4 years ago
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए ।
बुधबार मात्र संघीय संसदका महासचिव भरत गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् । तर सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले भने महाअभियोग जीवितै रहेको बताए ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति भएकाले यसबारे आउने प्रतिनिधिसभामा छलफल हुने बताए ।