बलात्कार मुद्दामा हदम्याद हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव
- May 27, 2022
- 4 years ago
काठमाडौँ । बाल यौन दुर्व्यवहारको कसुरमा उजुरी दिने हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । संकल्प प्रस्तावको प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
डर त्रास, लोभलालच देखाएर बालबालिका विरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख गरिएको छ । प्रस्तावमा सबै दल र स्वतन्त्र सांसदको पनि समर्थन रहेको छ ।