पाकिस्तानको संसद विघटन : ९० दिन भित्र नयाँ निर्वाचन
- April 03, 2022
- 4 years ago
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले संसद भंग गरेका छन् । आइतबार प्रधानमन्त्री इमरानको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा भंग गरेका हुन् । राष्ट्रपति अल्वीले संविधानको धारा ५८ अनुसार संसद् भंग गरेका छन् । आजै नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
यस अधि प्रधानमन्त्री खान र सभामुख असद वासेरविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोमा संसदले अविश्वासको प्रस्ताव खारेज गरेको थियो । संसद विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने छ ।
निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रियसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था छ ।
अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । निर्वाचन भएको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्ने कानूनी व्यवस्था रहेका छ ।