न्यायिक सम्मेलनमा सहभागी हुन देशभरका उपप्रमुख काठमाडौ आउँदै
- March 23, 2023
- 3 years ago
काठमाडौं । देशभरिका करिब ५ सय स्थानीय तहका उपप्रमुखहरु काठमाडौं जम्मा हुने भएका छन् । काठमाडौं महानगरपालिकाको आयोजनामा चैत १५ र १६ गते हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनीहरु काठमाडौं आउने भएका हुन् । बिहीबार पत्रकार सम्मेल गर्दै महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले हालसम्म ४५० भन्दा धेरै स्थानीय तहबाट कार्यक्रममा सहभागी हुने निश्चित भइसकेको जानकारी दिइन् ।
न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार लगायतका विषयमा सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन्
न्यायिक समितिले गर्ने निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्र्ने प्रक्रिया, विवाद समाधानमा मेलमिला प्रक्रिया,
न्यायिक निर्णय र पालना गर्नुपर्ने प्रक्रिया लगायतको विषयमा विज्ञहरुद्धारा प्रस्तुती रहने समेत उपप्रमुख डंगोललेले बताइन् ।
सम्मेलनले विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।