न्यायपरिषद द्धारा सर्वोच्चमा ६ न्यायाधीश सिफारिस
- November 21, 2023
- 3 years ago
न्यायपरिषदले सर्वोच्चमा अदालतमा रिक्त ७ मध्य ६ जना न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानून व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्यायपरिषदले सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना उच्च अदालतका न्यायाधीश हुन भने कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको छ । संसदीय समितिबाट सुनुवाई पश्चात उनीहरु न्यायाधीशमा नियुक्ति हुनेछन् ।
त्यस्तै परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।