नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ
- May 14, 2023
- 3 years ago
काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै प्रहरीले पक्राउ गरेको थियो ।