नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई अदालत पेश गरियो
- May 04, 2023
- 3 years ago
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीको छोरा सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी हो । उनलाई विहिवार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो । रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो ।
जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टोबहादुर रायमाझीको पनि खोजी कार्य भईरहको प्रहरीले जनाएको छ ।