गृह तथा उपप्रधानमन्त्री लामिछानेले प्रधानमन्त्री समक्ष बुझाए राजिनामा
- January 27, 2023
- 3 years ago
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । गृह मन्त्री भएको ३२ दिन पनि उनी पदच्युत भएका हुन ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन प्राप्तीको प्रक्रिया पुरा नगरेको ठहर गर्दै उनको सांसद पद खारेज गरेको हो । अदालतको फैसला पछि लामिछाने आफू अनागरिक भएकाले कुनै प्रतिक्रिया नरहेको प्रतिक्रिया दिएका छन् ।