प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

अबैध चुनढुंगा उत्खननमा अख्तियारले दायर गरेको मुद्धामा विशेष अदालतले दियो १८ जनालाई सफाई

  •  March 18, 2023
  • 3 years ago

 

काठमाडौँ — अबैधरूपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्धा दायर गरेका १८ जनालाई विशेष अदालतले सफाई दिएको छ । शुक्रबार उनीहरू सबैलाई विशेष अदालतले सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जनाले सफाई पाएका हुन् । सवा अर्ब रुपैयाँ बिगो मागदाबीसहित दायर मुद्दामा विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले उनीहरुलाई सफाई दिएको हो । तोकिएको मापदण्डविपरीत चुनढुंगा उत्खनन गरी राजस्व हिनामिना गरेका उद्योगहरूलाई जरिवाना नलिई छुट दिएको कसुरमा अख्तियारले विभागका तत्कालीन महानिर्देशक घिमिरे, उपमहानिर्देशक जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सी।डी।मे।ई। प्रशान्त बोहरा, सी।डी।जी। धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिस्ट सैनिक भण्डारीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले तत्कालीन महानिर्देशक, उपमहानिर्देशक र कानुन उपसचिव सपना अधिकारीलाई ८ देखि १० वर्षसम्म कैद तथा अन्य ६ कर्मचारीबाट १ हजारदेखि ५० हजारसम्म जरिवाना असुल गर्नुपर्ने माग गरेको थियो । उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्म कैदको माग गरिएको थियो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष सिद्धार्थ मिनरल्स प्रालिका मुरारका, सर्वोत्तम सिमेन्ट लिमिटेडका विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका निरेश दुगड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षत्री र डोलोमाइट चुनढुंगा उद्योग प्रालिका मानबहादुर श्रेष्ठ र यी ९ वटै कम्पनीविरुद्ध मुद्दा चलाइएको थियो ।

अख्तियारले यी ९ कम्पनी र तिनका सञ्चालकबाट १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ बिगो तथा कम्पनी सञ्चालकविरुद्ध दुई वर्षसम्म कैद मागदाबी गरेको थियो । खानी तथा भूगर्भ विभागले २०७६ जेठ १४ मा तत्कालीन उपमहानिर्देशक ९मुद्दा दर्ता हुँदाका महानिर्देशक० रामप्रसाद घिमिरेको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले यी ९ उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको परिमाणभन्दा बढी चुनढुंगा निकालेको उल्लेख गर्दै त्यसै वर्षको असार ३१ मा १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति ९राजस्व० उठाउनुपर्ने गरी कारबाहीको सिफारिससहित प्रतिवेदन दिएको थियो ।

तर, त्यसको एक वर्षपछि २०७७ को जेठ १५ मा उपमहानिर्देशक जयराज घिमिरेको संयोजकत्वमा अर्को समिति बनाएको थियो, जसले जम्मा १८ लाख जरिवाना लिनुपर्ने प्रतिवेदन दिएको थियो । त्यसैका आधारमा ९ वटा उद्योगबाट १८ लाख जरिवाना लिएर उनीहरूलाई उन्मुक्ति दिइएको थियो । अख्तियारले अनुसन्धानपछि विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले आफ्नै नेतृत्वमा गठित पहिलो समितिले दिएको प्रतिवेदनअनुसार लिनुपर्ने क्षतिपूर्ति ९राजस्व० नभराई जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोस्रो समिति गठन गरी नेपाल सरकारलाई राजस्व हानिनोक्सानी हुने र निजी उद्योगरकम्पनीहरूलाई फाइदा पुग्ने गरी तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम ९ वटा कम्पनीहरूबाट प्रतिआर्थिक वर्ष १र१ लाख रुपैयाँका दरले जरिवाना लिने विभागीय निर्णय गरी क्षतिपूर्ति ९राजस्व० उठाउने कानुनी कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिई नेपाल सरकारलाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ नोक्सान पुर्‍याएको पुष्टि हुन आयो ।’

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]