अब सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने
- March 18, 2022
- 4 years ago
काठमाडौं । सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने भएको छ ।
नेपाल कानून आयोगले दोस्रो विहे गरे पूर्व पतिबाट पाएको अंश फिर्ता गुर्नु पर्ने गरी नयाँ कानूनी प्रस्ताव अघि बढाएको हो । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो । देवानी संहिताको दफा १०३ मा नयाँ व्यवस्था थप्नेगरी भएको उक्त प्रस्ताव विधायीकाबाट पारित भए अबदेखि पूर्व पतिबाट पाएको अंश फिर्ता गुर्न पर्ने हुन्छ ।
उक्त व्यवस्थामा‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने व्यवस्था गर्न लागिएको हो । पछिल्लो समय अंशकै लागि सम्बन्ध विच्छेद गर्ने विकृति बढेको भन्दै यस्तो कानून प्रस्ताब गरिएको हो ।
कानून विद्हरुले समेत उक्त कानून आवश्यक भएको बताएका छन। संशोधित कानूनी व्यवस्थाले सम्बन्ध विच्छेद गर्दै अंश लिएर हिड्ने विकृति रोकिने बरिष्ठ अधिबक्ता बोर्णबहादुर कार्कीले बताए । दोस्रो विवाह गरेपछि पछिल्लो पतिबाटै महिलाले अंश पाउने भएकाले दुईबाट पतिबाट अंश पाउने अवस्थाको अत्य गर्नु पर्ने बरिष्ठ अधिवक्ता कार्कीले बताए । सम्बन्ध विच्छेद र अंश हडप्ने विकृति रोक्नु यो कानून विधायीकाले परित गर्नु पर्ने उनको भनाई छ । यद्यपी महिला अधिकारकर्मीहरुले भने कानूनको यस्तो संशोधन महिलामाथिको विभेद र अनुचित भएको प्रतिक्रिया दिएका छन् ।