अब जंगली बँदेल मार्न पाईने
- November 23, 2023
- 3 years ago
सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो ।
यसरी भारेका बदलको वडाको जनप्रतिधिनिको रोहवरमा मुचुल्का गरी गाड्ने वा तौल गरी राजश्व तिरी लान सक्ने व्यस्था गरिएको छ । तर यो व्यावसायिक प्रयोजनमा प्रयोग गर्न भने गर्न नपाइने छैन ।
बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । यस्को सूचना वडा कार्यालयमा समेत गराउनु पर्ने छ ।