अब अनलाइनबाटै जग्गाको नक्सापास र राजश्व सेवा दिइने
- March 17, 2022
- 4 years ago
काठमाडौँ — सरकारले डिजिटल प्रणालीमार्फत जग्गाको नापनक्सा गर्ने भएको छ । जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ जारी गर्दै सरकारले अब डिजिटल प्रणाली मार्फत नापनक्सा गर्ने भएको हो ।
जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवालाई सहज, छिटो, छरितो तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
अबदेखि जग्गाको कित्तानापी नक्सा प्रिन्ट, फिल्डबुट प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्ड रेखांकन अनलाइन प्रणालीबाटै गर्न सकिनेछ । राजश्व समेत अनलाईबाटै तिर्न सकिने छ ।
सरकारले वैशाख २ गते ‘नेपाल जग्गा सूचना प्रणाली र ‘मेरो कित्ता प्रणाली थालनी गर्दै मालपोतबाट हुने कामलाई डिजिटल बनाउने र अनलाइनमार्फत सेवा दिने तयारी गरेको थियो । सरकारले कार्यान्वयनमा ल्याएको मेरो कित्ता मोबाइल एप्लिकेसनबाट सर्वसाधारणले यो सेवा लिन सक्नेछन् । सेवाग्राहीले अनलाई मार्फत सेवान लिन चाहेमा आफूले लिन चाहेको सेवाका लागि सुरुमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र र जग्गाधनीपुर्जाको स्क्यान गरी इमेज ढाँचामा अपलोड गर्नुपर्नेछ ।
अनलाइन प्रणालीमा अबद्ध भएर स्थानीय तहले समेत यस्तोसेवा लिन सक्ने छन् । जग्गा खरिद–बिक्रीका लागि ऋण प्रवाह गर्ने संस्थाहरुले पनि अनलाइन प्रणालीमार्फत सेवा लिन सक्ने छन् । त्यसका लागि ऋण प्रवाह गर्ने संस्थाको रूपमा दर्ता भई उनीहरुले युजर अकाउन्ट लिनुपर्नेछ व्यस्था गरिएको छ।
सबै मालपोत कार्यालयहरुले डिजिटल प्रणालीबाट जग्गाको नापनक्सा गरी सूचना प्रकाशन, फिल्डबुक तयारी, जग्गा दर्ता तथा जग्गा प्रशासनसम्बन्धी कार्य गर्दा भू–सूचना प्रणाली अवलम्बन गर्नुपर्र्ने निर्देशिकामा उल्लेख गरिएको छ ।