हाजिर जमानीमा छुटे कृष्णबहादुर महरा
- March 23, 2024
- 2 years ago
अबैध सुन तस्करी प्रकरणमका समातिका पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । शुत्रवार सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन्। विभिन्न रोगका बिरामी रहेको उनलाई मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहितामा ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ व्यवस्था रहेको छ ।
धरौटी वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा आरोपी उपस्थित हुने गरी आरोपीको कागज गराउनुपर्नेछ। त्यसैगरी हाजिर जमानी दिने व्यक्तिले हाजिर जमानीमा छोडिएको व्यक्तिलाई अनुसन्धान अधिकारी वा सरकारी वकिल कार्यालयले तोकेको समयमा उपस्थित गराउनुपर्ने व्यवस्था छ। त्यस अनुसार उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उपदफा ४ मा उल्लेख छ ।
सुन तस्करीमा सम्लग्नहरुसंग फोनमा कुराकानी भएको देखिए पछि प्रहरीले चैत्र ५ गते महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाडिएको हो। त्यस अधि गते सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७(८ वटा रोग भएको बताए पछि उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।
ु