हत्या आरोपका फरार अभियुक्त १५ वर्ष पछि पक्राउ
- July 12, 2022
- 4 years ago
हत्या आरोपका एक फरार अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका पोखरा महानगरपालिका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको हो ।
अभियुक्त मिजारलाई शनिबार पोखरा महानगरपालिकाको पावरहाउसबाट पक्राउ गरेको हो ।अदालतबाट दोषी ठहर भई फरार रहेका मिजारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको हो ।
उनले २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोँगबु मित्रनगरका रवीन्द्रकुमार मल्ललाई कुटपिट गरी हत्या गरेका थिए । १५ वर्षअघि मिजार र उनका साथीहरुले मादक पदार्थ सेवनगरी झगडा गर्ने क्रममा रविन्द्र कुमार मल्ललाई मरणासन्न हुनेगरी कुटपिट गरेको थिए । सोही कुटपीटका कारण मल्लको उपचारको क्रममा मृत्यु भएको थियो । मिजारलाई २०६७ असोज १८ गते उच्च अदालत पाटनले १० वर्ष कैद सजाय सुनाएको थियो ।