प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

स्वास्थ्यकर्मीमाथि हातपात र स्वास्थ्य संस्था तोडफोड गर्नेलाई अब थुनामा राखेर अनुसन्धान गरिने

  •  May 05, 2022
  • 4 years ago

 

विरामीको उपचारमा चित्त नबुझेर उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि हातपात र स्वास्थ्य संस्था तोडफोड गर्ने ब्यक्तिलाई अब तत्काल थुनामा राखिने भएको छ । सरकारले ल्याएको नयाँ विद्येयक पास भएसंगै अब कुनै पनि व्यक्तिले उपचारमा सम्लग्न स्वास्थयकर्मी हातपात गरे वा स्वास्थ्य संस्था तोडफोड गरे तत्कालै पुर्पक्षका लागि थुनामा राखिने भएको छ । यस अधि यस्ता घटनामा संलग्न जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटुने गरेका थिए । स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ संशोधन गरी अध्यादेशमार्फत ल्याएसंगै हातपात र तोडफोडमा संलग्नलाई पूर्पक्षका लागि थुनामा राखिने व्यवस्था गरिएको हो । मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरी गरेर राष्ट्रपतिकहाँ पठाएको छ । राष्ट्रपतिले स्वीकृत गरेपछि विद्येयक कार्यान्वयनमा आउने छ । स्वास्थ्यकर्मी माथि हातपात, गाली–बेइज्जती र स्वास्थ्य संस्थमा तोडफोड गर्ने प्रबृती बढ्न थालेपछि स्वास्थ्यकर्मीहरुले त्यस्ता व्यक्तिलाई तुरुन्त धरौटीमा छाड्न नमिल्ने गरी कानून बनाउन आग्रह गर्दै आएका थिए । स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तथा स्वास्थ्य संस्थामाथि तोडफोड गर्नेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने गरी विद्येयक अधि बढ्नु स्वागतयोग्य भएको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । विधेयकमा कुनै व्यक्तिले कसुर गरेको खण्डमा दुईदेखि पाँच वर्ष कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था गरिएको छ । अब अध्यादेश लागू भए पुर्पक्षमा पठाएर मात्रै अनुसन्धान हुनेछ ।

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]