सर्वोच्चको आदेश : सुरक्षाकर्मी, सरकारी कर्मचारी र कैदी बन्दीलाई पनि मतदानको व्यवस्था मिलाउनु
- July 17, 2022
- 4 years ago
काठमाडौँ — सुरक्षाकर्मी, सरकारी कर्मचारी र कैदी बन्दीहरूलाई पनि निर्वाचनमा मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार निशान्त पोखरेलसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सुरक्षाकर्मी कर्मचारी र कैदी बन्दीलाई पनि मतदानको व्यवस्था मिलाउन आदेश दिएको हो ।
अब हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सुरक्षाकर्मी, कर्मचारी र कैदी बन्दीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
मतदाता नामावली ऐन २०७३ को दफा ३० (१) र (२) को अस्थायी मतदाता नामावलीको व्यवस्थालाई कार्यान्वयन गरी मतदाता नामावली संकलन गरी गराइ मतदानको अधिकार दिलाउन सर्वोच्चले आदेश दिएको हो । सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीलाई मतदानको समानुपाति तर्फ मतदानको व्यवस्था मिलाउन सर्वोच्चले अन्तरीम आदेश दिएको हो ।