सिन्धुपाल्चोकको वलेफी गाउँपालिका अध्यक्षमा अधिबक्ता नेपालको दावी, पूर्व माधब समुह रोक्ने पक्षमा
- April 20, 2022
- 4 years ago
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको वलेफी गाउँपालिकामा नेकपा एमालेका ६ जना नेताले अध्यक्षको उमेद्वारीमा दावी गरेका छन् । अध्यक्षको दावी गर्नेहरुमा अधिबक्ता रामहरि नेपाल, नारायण काजी श्रेष्ठ,कमला कायस्थ, जगत थापा, कमलकृष्ण अधिकारी र विकास श्रेष्ठ रहेका छन्। नेकपा एमालेको बौद्धिक बृत्तमा राजनीति गर्ने अधिबक्ता नेपालले आफूले अध्यक्षको टिकट पाउनु पर्ने प्रमुख दावी पेश गरेका छन् । प्रध्यापन र वकालतसंगै नेकपा एमालेको सक्रिय राजनीति गरिरहेका युवा नेता नेपाल सिन्धुपाल्चोक र गाउँपालिकामा युवा बर्गमा लोकपृय नेता मानिन्छन् ।
अधिबक्ता नेपालसंगै अन्य आकाक्षीहरुले पनि आफ्नो दावी नछाडेपछि पालिका कमिटीले सबै आकांक्षीको नाम जिल्लामा पठाएको छ । समाजिक सेवा र गरिव, असाहय, महिला , बालबालिका र विपन्नका लागि निशुल्क कानूनी सेवा दिँदै आएका अधिबक्ता नेपाल पालिका अध्यक्षको टिकटमा आफ्नो पहिलो दावी गरेको बताउँछन् । उनी चेलिवेटी बेचबिखन विरुद्ध पनि अभियान चलाउँदै आएका छन् ।
गाउँमा बास्तविक संघीयता कार्यन्वय र जनतालाई सर्भिस डेलिभरी गर्ने सक्षम र बौद्धिक बर्गले नेतृत्व लिनु पर्ने भएकोले त्यसका लागि आफू योग्य रहेको उनको जिकिर छ । नेकपाको अन्तरसंघर्षको समयमा केपी ओली पक्षमा माहोल बनाउन अधिबक्ता नेपाल निकै सक्रिया देखिएका थिए । उनले तत्कालिन प्रधानमन्त्री के।पी ओलीले संसद विघटन गर्दा ओलीको कदमको प्रतिरक्षा गर्दै राष्ट्रिय सञ्चार माध्यमहरुमा बहसमा उत्रिएका थिए ।
अहिले संघीयताको कार्यान्वयका लागि स्थानीय तहमा थुप्रै कानून निर्माण गर्नु पर्ने र स्थानीय तह, जनताको आँगनको सरकार भएकाले गाउँका जनताले महशुस गर्ने गरी सेवा प्रवाह गर्ने र शिक्षा स्वास्थ्यमा सुधार गर्ने, एक घर एक घारा निर्माण, युवालाई रोजगारी र कृषि क्षेत्रमा सुधार संगै सडक तथा भौतिक पूर्वधार विकासका लागि आफूसंग विशेष योजना रहेको अधिबक्ता नेपालको भनाई छ ।
अन्य आकाक्षीहरुले पनि आफू लामो समयदेखि एमालेको रानीतिक यात्रामा जोडिएकाले टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेका छन् । युवा वर्ग र मतदाताले नेपाललाई रुचाएको भए पनि पार्टी भित्रैकै खिचानीतका कारण नेपाललाई टिकट नदिन पूर्व माधव नेपाल समुहका नेताहरु लागि परेको एमालेका एक जिल्ला कमिटी सदस्यले बताए । यस अधि पार्टीले अधिबक्ता नेपाललाई अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा सिफारीस गरे पनि पूर्व माधव नेपाल समुहका नेताहरुले उनको नाममा अर्कै ब्यक्तिलाई जिल्ला कमिटी समस्य बनाएको ति जिल्ला कमिटी सदस्यले बताए ।
केपी ओलीको पक्षमा लागेर पार्टी अन्तरसंघर्षको समयमा माधव नेपाल समुहलाई पेलेको भन्दै अहिले एमालेमै रहेका पूर्व माधव नेपाल समुह भने कुनै पनि हालतमा अधिबक्ता नेपाललाई टिकट दिन नहुने भन्दै लविङमा लागेको अर्का जिल्ला कमिटीका सचिवालय सदस्यले बताए । अध्यक्षका आकाक्षी अधिबक्ता नेपालले भने हिजो पार्टीलाई सिध्याउँनेहरुले हामी पार्टी बचाउनेहरु विरुद्ध सड्यन्त्र गरे दुभाग्य हने प्रतिक्रिया दिए ।