सर्वोच्च छिर्ने तयारी गरेका निलम्बित प्रधानन्यायाशीध बालुवाटरमै रोकिए
- September 18, 2022
- 4 years ago
काठमाडौं । सर्वोच्च अदालत छिर्ने तयारी गरेका निलम्बित प्रधानन्यायाशीध चोलेन्द्रशम्शेर राणालाई बालुवाटारस्थित निवासमै रोकिएका छन् । आज आईतवार सर्वोच्च अदालत जाने तयारी गरेकाले उनलाई सुरक्षा निकायले सुरक्षाको कारण देखाउँदै बालुवाटारबाट निस्कन रोकेको हो । प्रधानन्यायाधीशको सरकारी निवास निस्कने गेटैमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग स्वत निस्क्रिय भएको भन्दै उनी सर्वोच्च छिर्ने तयारी गरेका थिए । उनी सर्वोच्च छिर्ने तयारी गरे लगतै नेपाल बार एशोशिएसनले सर्वोच्चको गेटमा धर्ना दिने र जवरालाई सर्वोच्च छिर्न रोक लगाउँने निर्णय गरेको थियो । त्यसपछि सर्वोच्च अदालतको मुल गेटमा समेत ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।