मुख्य रजिष्टार हटाउदै का.मु.प्रधानन्यायाधीश, ३ दिन भित्र रमाना बुझ्न निर्देशन
- April 09, 2022
- 4 years ago
काठमाडौं ।सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई तीन दिन भित्र रमाना बुझ्न का।मु। प्रधानन्यायाधीश दीपककुमार कार्कीले निर्देशन दिएका छन् । का।मु। प्रधानन्यायाधीश कार्कीले मुख्य रजिष्टार कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशको जिम्मेवारी सम्हाल्न निर्देशन दिएका हुन् ।
यस अधि न्याय परिषदले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारीस गरेको थियो । तर उनले मुख्य रजिष्टार भन्दा एक तह तलको पद भन्दै जिम्मेवारी लिन अस्वीकार गर्दै आएका थिए । कुवरले जिम्मेवारी लिन अस्वीकार गरे पछि का।मु। प्रधानन्यायाधीश कार्कीले उनलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका हुन् ।
सर्वोच्च अदालत प्रशासनले रमानापत्र तयार पार्दा समेत कुवरले जिम्मेवारी लिन आनकानी गर्दै आएका छन् । यस अधि प्रधानन्यायाधीश चालेन्द्र समशेर जवराको पक्षमा देखिएका उनले उच्च अदालतको मुख्य न्यायाधीश पद मागिरहेको सर्वोच्च स्रोतले जनाएको छ । मुख्य रजिष्टार आफू अनुकुल नदेखेपछि का।मु।प्रधान न्यायाधीश कार्की उनलाई कुनै पनि हालतमा न्यायपरिषदको निर्णय कार्यन्वय गरेर सर्वोच्च प्रशासनबाट विदा गर्न चाहको पनि स्रोतले बताएको छ ।