सर्वोच्चले रिट खारेज गरी दिएपछि एआईजी पोखरेलले दिए राजिनामा
- July 18, 2022
- 4 years ago
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा दिएका हुन् ।
प्रहरी महानिरीक नियुक्तिमा आफ्नो दावी सहित रिट दायर गरेका पोख्रलेका रिट शुक्रबार सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सरकारले धिरजप्रता सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल रिट दायर गरेर विदामा बसेका थिए ।
तर आईजीपी सिंहले उनको विदा अस्वीकृत गरेको थिए । आईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने । महानिरीक्षक नियुक्तिमा रिट दायर गरेर ४५ दिन विदामा बसेको उनको यही साउन २० गते कार्यकाल सकिदै थियो ।