सर्वोच्चमा मुद्धाको चाङ न्यायाधीशहरु भ्रमण र विदामा
- June 01, 2022
- 4 years ago
काठमाडौं । न्याय क्षेत्रमा एउटा भनाई ‘छ ढिलो न्याय दिनु न्याय नदिनु सरह हो’ । सर्वोच्च अदालतमा करिब २९ हजार ५ सय मुद्दा विचाराधीन अवस्थामा छन् । तर सर्वोच्चका न्यायाधीशहरु भने विचारधीन मुद्धाको किनार लगाउन भन्दा पनि भ्रमण र विदामा केन्द्रत हुँदा नागरिकले एउटै मुद्धाको लागि बर्सौ विताउनु परेका छ । यस्तै देखियो बुधबार । २१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालमा अहिले १८ जना न्यायाधीश छन् ।
बुधबार सर्वोच्च अदालत १० जना न्यायाधीशमा सीमित भयो । ति १० जना न्यायाधीशको इजलासमा २३१ मुद्धा पेसी चढेको थियो । तर अधिकांश इजलासमा हेर्न नभ्याएपछि पेसी चढेका मुद्धा सुनुवाई हुन् सकेन । अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा छन् । न्यायाधीश मिरा खड्का र तेजबहादुर केसी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । अहिले सर्वोच्चमा जम्म १८ जना न्यायाधीश छन् ।
बुधवार ८ जना न्यायधीश उपस्थित भएनन् । आठ जना मध्य कोही न्यायाधीश विदेश भ्रमणमा गएका थिए, कोही उद्घाटन र विदामा थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा आकस्मिक विरामी परेर विदामा रहेको सवोच्च प्रशासनले जानकारी दियो । केही न्यायाधीशहरु कर्णाली प्रदेशमा रहेको उच्च अदालत र मातहतका जिल्ला अदालतको अनुगमनका लागि गएका थिए भने न्यायाधीश अनिलकुमार सिन्हा उच्च अदालत पोखरा र मातहतका जिल्लाको अनुगमनका लागि पोखरा गएका थिए ।
त्यस्तै न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी मालदिभ्समा भइरहेको सम्मेलनमा सहभागी छन् । न्यायाधीश आनन्दमोहन भट्टराई बिदा मनाउन अमेरिकामा छन् । बुधवार सर्वोच्चमा न्यायाधीशहरू डा.कुमार चुडाल, मनोजकुमार शर्मा, प्रकाश कुमार ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, र कुमार रेग्मी समेत गरी १० जना मात्र उपस्थित थिए ।
सामान्यतया बार्षिक रुपमा पाउने विदा कटाउन न्यायाधीशहरु आर्थिक वर्षको अन्य लाग्दै गर्दा विदामा घुम्न जाने गरेको छन् । त्यस्तै अनावश्यक रुपमा जिल्ला अदालतको अनुगमन र भ्रमणमा समेत न्यायाधीशहरु निस्किदा सेवाग्राहीले समयमै सेवा नपाएको गुनासो आउने गरेको छ ।