सर्वोच्चद्धारा १३३ कानून ब्यवसायीलाई बरिष्ठको उपाधि
- July 13, 2022
- 4 years ago
सर्वोच्च अदालतले १३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले १३३ जना कानून व्यवसायीलाई बरिष्ठको उपाधि प्रदान गरेको हो । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम १५ वर्ष भन्दा बढी पेशामा क्रियाशिल १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
१५ वर्ष भन्दा वढी पेशामा सकृय रहेका अनुभवी र ज्येष्ठ अधिवक्तालाई सर्वोच्चको पूर्ण बैठकबाट बरिष्ठको उपाधि प्रदान गर्ने व्यवस्था रहेको छ । बरिष्ठ उपाधि पाउनेमा कानून मन्त्रीदेखि सांसद सम्म रहेको छन् । बरिष्ठको उपाधि पाउनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेल,रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामकिशोर महतो, जनकबहादुर बोहरा लगायत छन् ।
त्यस्तै मीराकुमारी ढुंगाना, माधवराज बास्तोला, विष्णुप्रसाद शर्मा लगायत १३३ जना अधिबक्तालाई बरिष्ठको उपाधि प्रदान गरिएको छ । लामो समयदेखि बरिष्ठको उपाधि रोकिदा पुराना र पाका कानून व्यवसायी त्यसको मारमा परेका थिए ।