प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

  •  March 09, 2022
  • 4 years ago

काठमाडौं २५ फागुन,

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष HE Véronique Riotton   नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताउनु भयो । उहाँले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तरगतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नु भयो । सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गर्नु भयो । उहाँले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो ।

जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरीस सम्झौता स्मरणीय रहने बताउनु भयो । शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै उहाँले भन्नु भयो ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं ।’

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ज्।भ्।ख्éचयलष्त्रगभ च्ष्यततयल ले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताउनु भयो । दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने उहाँको भनाई थियो ।

 प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राख्नु भएको थियो । फ्रान्सेली प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष  HE Véronique Riotton  , सदस्यहरु  Greziella, Nicolas FORISSIER    र नेपालका लागि फ्रान्सका महामहिम राजदुत  Gilles BOURBAO    सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]