सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने
- March 31, 2022
- 4 years ago
काठमाडौँ — चुनावी गठबन्धबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बैठक बस्दै छ । चुनावी गठबन्ध गर्ने नेपाली कांग्रसको निर्णय पछि सत्ता गठबन्धको बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट सांसद दुर्गा पौडेललगायतका शीर्ष नेता सहभागी हुने छ ।
कांग्रेसले स्थानीय चुनावमा आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेपछि उत्साहीत सत्ता गठबन्धनले चुनावी तामेलबारे निर्णय लिने बताइएको छ ।
शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नयाँदिल्ली जाँदै छन् । भारत भ्रमणमा रहदा प्रधानमन्त्री देउवाले नेपाल भारत सम्बन्ध सुधारका लागि भारतीय समकक्षीसँग महत्वपूर्ण सम्वाद गर्ने छन्। नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो ।