संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउन माग गर्दै प्रदर्शन
- August 04, 2023
- 3 years ago
संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै द्धन्द्ध पीडितहरुले प्रदर्शन गरेका छन् । शुक्रबार
जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसद्मा विचाराधीन विधेयकका कतिपय प्राबधान त्रुटिपूर्ण रहेकाले सच्याएर पर्ने उनीहरूको माग छ । संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेपका कारण दण्डहीनताको अवस्था सृजना हुने गरी विधेयक पारित गर्न लागिएको उनीहरुको आरोप छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ । द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्नका लागि संसद्मा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।